लाओसबाट फर्किए माधव, भेनेजुएला नजाने

बुधबार, माघ २३, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता एवंम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल भेनेजुएला नजाने भएका छन् ।  भेनेजुएला सरकारको निमन्त्रणा प्राप्त भए सँगै त्यस तर्फ जाने वरिष्ट नेताको कार्यक्रम  पछिल्लो गतिरोध पछि रोकिएको बताइएको छ ।

आफ्ना सहकर्मीका साथ भेनेजुएला जाने कार्यक्रम अन्तिम अवस्थामा स्थगित भएको हो । भेनेजुएलामा वर्तमान राष्ट्रपति मदुरोको विरुद्ध अमेरिकाको नेतृत्वमा छेडिएको नयाँ राजनीतिक संकटले तनावपूर्ण स्थिति सिर्जना भएको छ ।

विगत केहि दिन अघि नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले जारी गरेकोे प्रेस विज्ञप्ती पछि अमेरिका, नेकपा र ओली सरकार विरुद्ध क्रुद्ध भएको संकेत मिलेको थियो ।

अमेरिकाको इच्छा विरुद्ध चल्दै भेनेजुएला सरकारसँग ऐक्यबद्धता जनाउन वरिष्ट नेता त्यस तर्फ जाँदा थप समस्या सिर्जना हुने आंकलन गरिएको थियाे ।  यस अघि वरिष्ट नेता नेपाल एक साताको लाओस भ्रमण गर्दै मंगलवार स्वदेश फर्केका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata