साना दुःखले आर्जेको एकता होइन : माधवकुमार नेपाल

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता घोषणासभा चलिरहेको छ । सभामा नेताहरुले सम्वोधन गरिरहेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता साना दुःखले नभएको बताएका छन् । उनले ठूलो मेहनतले मात्रै एकता सफल भएको बताएका छन् ।

राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पृथ्बीनारायण शाहको भनाई उदृत गर्दै साना दुःखले एकता नभएको बताए । ‘‘हामीले सानो मेहनतले पार्टी एकीकरणलाई यो विन्दुसम्म ल्याएको होइन, निक्कै लामो अन्तरक्रिया, विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनका उतारचढावमाथि गहिरो बहस र छलफल गरेपछि एकता गर्ने निश्कर्षमा पुगेका हौं’, उनले भने ।

जस्तोसुकै चुनौतिको सामना गर्ने क्षमताका कारण नेपाल कम्युनिष्टहरुको उर्वर भूमी रहेको बताउँदै उनले एकीकृत पार्टीका अगाडि ठूला अवसर र चुनौती रहेको बताए । अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गरिरहेका छन् ।

272 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank