सीमा सुरक्षाको लागि काँडेतार लगाऔं: नेपाल

सोमवार, बैशाख २९, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले सीमा सुरक्षाको लागि काँडेतार लगाउनु पर्ने बताएका छन ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेता नेपालले सीमाको नियमन र नियन्त्रण गर्न सीमा क्षेत्रमा काँडेतार लगाउनु पर्नेमा जोड दिएका हुन । उनले भने,आफ्नो सीमामा सीमामा भवन निर्माण गर्ने र सुरक्षाकर्मी राख्ने उचित प्रबन्ध गर्नुपर्छ । दुवै देशसँग कुरा गरेर सीमाको विवाद सुल्झाउन सरकारले तत्काल प्रयास थाल्नुपर्छ ।

उनले नेपालको भूमी माथि भारतको ठाडो हस्तक्षृेप स्विकार्य नहुने बताउँदै नेपाल र भारतबीचमा भएका सन्धिलाई भारतले उल्लंघन गरेको छ । नेपालको सार्वभौमिकता माथि हस्तक्षेप गरेको छ । उनले नेपालको पश्चिम सीमाना लिम्पियाधुरामा पर्ने भन्दै काली नदी नै सीमा नदी हो भन्ने नक्सा र तथ्य प्रमाण भएको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments