नेपाली भू-भागमा अनाधिकृत रूपमा सेना राख्नु र बाटो निर्माण गर्नु सन्धि विपरीत: नेता नेपाल

आइतवार, बैशाख २८, २०७७



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)वरिष्ठ नेता माधव कुमार नेपालले भारतीय अतिक्रमणबारे विरोध जनाएका छन्।

आइतबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता नेपालले भारतले नेपाली भू भाग समेत आफ्नो नक्सामा राखी गत नोभेम्बर४ २०१९ मा जरी गरेको राजनीतिक नक्सा पश्चात् नेपालले त्यसको प्रतिवाद गरेको जनाएका छन् । भारतले त्यसको बेवास्ता गर्दै विश्व कोरोना भाइरसले आक्रान्त बनेको अवस्थामा भारतले एकपक्षीय रूपमा नेपालको भूमि हुँदै मानसरोवर जाने बाटो बनाएकोमा आपत्ति जनाएका छन् ।

उनले नेपालको सार्वभौम र अखण्डता माथि कुनै पनि क्रियाकलाप नगर्न भारलाई आग्रह गरेका छन् । १८१६ मा नेपाल भारतबीच भएको सुगौली सन्धि विपरीत भारतले नेपाली भू भागलाई आफ्नो नक्सामा राख्नु,अनाधिकृत रूपमा सेना राख्नु,र बाटो निर्माण गर्नु सन्धि विपरीत रहेको बताएका छन् ।

नेता नेपालद्वारा जारी विज्ञप्ति यस्ताे छ ।

madhav neapl

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments