कोरोनाबाट बच्न नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनका नियम पालना गरौँ: नेता नेपाल

बिहिबार, चैत्र १३, २०७६



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले कोरोना भाइरसबाट बच्न नियमहरूको पालना गर्नुपर्ने बताएका छन् ।
बिहीबार वरिष्ठ नेता नेपालले सामाजिक सञ्जाल मार्फत विश्वभरि नै महामारीको रूप लिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुनु पर्ने सुझाव दिएका छन् ।

उनले विशेष सावधानी र सचेतना अपनाउन सबैमा अपिल समेत गरेका छन्। साथै कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्रै बस्न र नियन्त्रणका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनका निर्णय एवम् निर्देशनहरूलाई पालना गर्न समेत आग्रह समेत गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments