जनभावना अनुसार सरकार गम्भीर भएर अघि बढ्नुपर्छ: नेता नेपाल

आइतवार, पुस २०, २०७६



कञ्चनपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा प्रति जनआस्था बढ्दै गइरहेको बताएका छन् । आइतबार बिहान प्रेस सङ्गठन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनबाट नेकपाले शक्ति बढाउने विश्वास व्यक्त गरे ।

नेता  नेपालले भने,“प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ” । जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उनले सरकारले जनभावना अनुसार काम गर्नु पर्नेमा जोड दिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरूले आ–आफ्नो विशेषतालाई पर्यटक सामु पुर्‍याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो । “पर्यटन आर्थिक विकासको इन्जिन हो”, उनले भने, “यसलाई गतिशील बनाउन आवश्यक छ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments