प्रदेश प्रमुख सिफारिसमा माधव नेपालको असन्तुष्टि

सोमवार, कार्तिक १८, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सिफारिस गरेका नामहरुमा बरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका छन ।

सोमबार बसेको सचिवालय बैठकले एकलौटी प्रदेश प्रमुखको नाम सिफारिस गरेको भन्दै नेता नेपालले असन्तुष्टि जनाएको नेकपाका एक नेताले जानकारी दिए ।  सचिवालयले गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (काश्की), तिलक परियार (बाँके), शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए । तर नेपालले भनेका कुनै व्यक्ति पनि परेनन् ।  नेता नेपालले ओली प्रचण्डले एकलौटी नाम सिफारिस गरेको भन्दै असहमति जनाएका हुन ।  प्रदेश प्रमुख छनौंट वरिष्ठ नेतानेपालले लिखित रुपमै असन्तुष्ट जनाएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata