यात्रुहरुको सुरक्षामा विशेष सर्तकता अपनाउन सरकारलाई नेता नेपालको सुझाव

सोमवार, असार ९, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा सचिवालय सदस्य माधव कुमार नेपालले यात्रुहरुको सुरक्षामा ध्यान दिन सरकारलाई सुझाव दिएका छन ।

पछिल्लो समय सडक दुर्घटनाबाट मानवीय क्षती बढ्दै गएको प्रति लक्षित हुँदै नेता नेपालले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि विशेष ध्यान दिनु पर्नेमा जोड दिए । सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्राफिक नियमको पालना गराउने काममा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरे।

दुई तिहाई बहुमतको सरकार बनेका बेला सरकारले मजदुरका पक्षमा ध्यान दिदै काम गर्नु पर्नेमा जोड दिए । उनले विगतका गल्ती कमीकमजोरीहरु सुधार गर्दै अघि बढ्नु पर्नेमा जोड समेत दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata