“”

देउवामाथि माधव नेपालको टिप्पणीः हो कांग्रेसकोमा रुन पाईन्छ, कम्युनिष्टकोमा हाँंस्न पाईन्छ

मङ्लबार, कार्तिक २८, २०७४



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरु सत्तामा आए रुनपनि पाईदैन भनि गरेको टिप्प्णी प्रति कडा व्यांग गरेका छन ।

मंगलबार काठमाडौ जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुको संयुक्त परिचयात्मक कार्यक्रममा बोल्दै नेपालले यस्तो ब्यांग गरेका हुन् । ‘ हो कांग्रेसको सत्तामा रुन पाईन्छ, तर कम्युनिष्टको सत्तामा रुनुपर्देन हाँंस्न पाईन्छ’ नेपालले भने ।

नेता नेपालले त्यहि भएर पनि वाम गठबन्धनले सुखी नेपाली समृद्ध नेपालको नारा अगाडि सारेको बताए । उनले कम्युनिष्टहरुको सरकारले मात्र वास्ताविका लोकतन्त्रको अनुभति गराउने भन्दै नेपालले आफुहरुलाई कसैले लोकतन्त्रको सटिफिकेट दिनु नपार्ने बताए ।

नेपाली कांग्रेसले तीन पटक बहुमत ल्याएर पनि पुरा अवधी टिकाउन नसकेको उदाहारण दिदै नेपालले स्थिरताका लागि पनि वाम गठबन्धनको दुई तिहाई आउनु पर्ने बताए। नेपालले कम्युनिष्टहरुको बहुमत भएर पनि जहिले पनि सरकार कांग्रेसले बनाउने गरेको दावी गर्दै यसपटक वाम गठबन्धनले दुईतिहाई ल्याउने बताए। ‘अहिले नै वामगठन्धनको दुईतिहाई आँंउछ भन्दा कांग्रेस फेन्ट होला, फेन्ट नहोस, दुईतिहाई आँंउछ ’ नेपालले भने ।

519 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank