मदन पुरस्कार-२०७५ का लागि सिफारिस सात पुस्तक

बुधबार, असार २५, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । नेपालको बहुचर्चित मदन पुरस्कार २०७५ सालका लागि सिफारीस भएका सातवटा पुस्तकको नाम सार्वजनिक भएको छ ।

 वि. स. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको भएको मदन पुरस्कारले स्थापना काल देखी नै विभिन्न विधामा योगदान पुर्याउन सफल लेखकहरुलाई कृतिहरुको आधारमा मुल्याङकन गर्दे पुरस्कार प्रदान गर्ने गरेको छ । मदन पुरस्कार वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ।

सोही अवसरमा २०७५ सालका लागि सिफारिस सात पुस्तकको नाम सार्वजनिक गरेको छ । मदन पुरस्कारले ट्वीट मार्फत छनौंटमा परेका सात पुस्तकको नाम सार्वजनिक गरेको हो ।

सार्वजनिक पुस्तक मध्य सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्‍कल दोक्‍कल पिपल पात, कुमार नगरकोटीकाे ज्ञ,छुदेन काविमोकाे फातसुङ ,महेश थापाकाे मरीचिका,योगेश राजकाे रणहार  र ध्रुव सापकोटाकाे विचारको लाश छनाैट भएका छन ।

गुठीलाई प्राप्त २५७ पुस्तक मध्ये छनौंट समितिले उक्त पुस्तकहरु छनौंट गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन ।  अध्यक्ष दीक्षितका अनुसार छनौंट साता पुस्तक मध्ये उत्कृष्ट एकलाई २०७५ सालको मदन पुरस्कार प्रदान गर्ने जनाएका छन ।

प्रेस विज्ञप्ती जस्ताकाे त्यस्तै

latter

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank