वरिष्ठ साहित्यकार मदनमणि दीक्षित रहेनन् !

बिहिबार, साउन ३०, २०७६



काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज(बिहिबार) निधन भएको छ । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । पत्रकार कनकमणि दीक्षितले ट्विट गर्दै दीक्षितको निधन भएको उल्लेख गरेका छन् ।

द्फ्सद्स्फ्सद्फ़

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा काठमाडौँको गैरीधारामा वि. सं. १९७९ फागुन ६ गते दीक्षितको जन्मिएका दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, मेरी निलिमा, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् ।

वि. सं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो । उनले लेखनाथ साहित्य पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मानबाट दीक्षित सम्मानित भएका थिए ।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । ०७४ मा सरकारले दीक्षितलाई राष्ट्रिय पत्रकारिता पुरस्‍कारबाट पनि सम्मान गरेको थियो । दीक्षित साहित्यिक पत्रिका समीक्षाका सम्पादक पनि बनेका थिए ।

 

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata