कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमतीको मृत्यु

मङ्लबार, चैत्र २०, २०७४

काठमाडौं । वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमतीको मृत्यु भएको छ । कलाकार श्रेष्ठकी श्रीमति यशोदा सुवेदीको गएराती निधन भएको छ ।

६७ वर्षीया उनले गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । क्यान्सर रोग पीडित उनलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उनको आवै अन्त्येष्टि गरिनेछ । यसअघि कलाकार हरिवंश आचार्यले पनि श्रीमति गुमाएका थिए । उनले दोस्रो विहे गरिसकेका छन् ।

85 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank