“”

दासढुङ्गा हत्याकाण्डको दसी-प्रमाण तत्कालिन कांग्रेस सरकारलेले नष्ट गरेको एमाले अध्यक्ष ओलीको आरोप

सन्दर्भ : चौविसौ मदन -आश्रित स्मृति दिवस

बुधबार, जेष्ठ ३, २०७४



दासढुङ्गा हत्यकाण्ड भएको आज २४ बर्ष बितिसकेको छ । यतिका बर्षसम्म पनि दासढुङग हत्याकाण्डको रहस्या पत्ता लाउन नसक्नुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन कांग्रेस सरकारलाई दोषी ठहर्याएका छन् । दासढुङ्गा हत्याकाण्डकादसी दषी प्रमाण तत्कालिन कांग्रेस सरकारले नष्ट गरेको एमाले अध्यक्ष ओलीले आरोप लगाएका छन् ।

आज मदन–आश्रितको चौविसौ स्मृति दिवसका अवसरमा ओलीले उक्त आरोप लगाएका हुन् । काठमाडौमा आयोजना गरिएको एक स्मृति सभालाई सम्वोधन गर्दै ओलीले तत्कालिन सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति स्व गिरिजा प्रसाद कोइरालाले छानविन आयोग समेत गठन नगरेको र समयमा भिसेर परिक्षण गर्न समेत नपठाएकाले दषी प्रमाण नष्ट भएको बताएका छन् ।

त्यत्रो ठूलो जननेताको हत्या हुँदा समेत छानबीनका लागि आन्दोलन गर्नु परेको स्मरण गर्दै ओलीले भने, ‘छानबीन गर्नुपर्छ भनेर हामिले आन्दोलन गर्दा हाम्रा २२ जना मानिस मारिएका छन,त्यतिखेर दासढुंगा हत्यकाण्ड हुँदा अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवा  गृहमन्त्री रहेको समेत ओलीले बताएका छन् ।

ओलीले तत्कालीन सत्तासिन कांग्रेस पार्टीले नै हत्यामा संलग्न जीप चालकलाई छोटो समयमा  जेलबाट रिहा गरेको र रिहा गर्ने वितिक्कै उनीहरुकै योजनमा देशभर नेल्शन मण्डेला झैं घुमाएर एमालेका विरुद्ध चर्का नारा र भाषण गर्न लगाएको समेत आरोप लगाएका छन् । । ओलीले भने, ‘त्यसको केही समयपश्चात यो सब घटनाको रहस्य खुल्ने थाहा पाएर ड्राइभरलाई पनि रहस्यमय तरिकाले हत्या गरियो ।’

10082 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank