माछापुच्छ्रेको साधारण सभा पोखरामा

आइतवार, पुस २४, २०७३



पोखरा ।माछापुच्छ्रे बैक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पोखरामा बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७२/७३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको २०.७५ प्रतिशत वोनस शेयर (कर प्रयोजनका लागी  १.०९ प्रतिशत नगद लाभांश) तथा तत्पश्चात कायम हुने चुक्ता पूँजीको १२ प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त साधारणसभाबाट सर्वसाधारण शेयरधनीहरुकोे तर्फबाट राम मान श्रेष्ठ, ओमेशलाल श्रेष्ठ र विश्व प्रकाश गौतम सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

हाल रु. ३ अर्व ८६ करोड चुक्ता पुँजी रहेको यस बैकको चुक्ता पूँजी हाल जारी हुने प्रक्रियामा रहेको हकप्रद शेयर पश्चात रु. ५ अर्ब ७९ करोड,  १८औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर जारी भए पश्चात रु. ६ अर्ब ५९ करोड र सोही वार्षिक साधारण सभाबाट पारित हकप्रद शेयर जारी भए पश्चात रु. ७ अर्ब ३९ करोड कायम हुनेछ ।

536 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank