त्यसैले त म तिमी भन्दा फरक छु नि

शुक्रबार, जेष्ठ २५, २०७५

- सीता ओझा



तिमी अनगिन्ती समस्या ओकल्छौ ।
म सधैं समाधानको कुरा गर्छु ।

तिमी सानो कामलाई ठुलो देख्छौ ।
म सरल तरीकाले बुझ्न खोज्छु ।
आखिर ! म त्यो काम गरेर नै छोड्छु ।
त्यसैले त म तिमी भन्दा फरक छु नि ।

तिमी अलि कसिएर बोल्छौ।
म अलि बिस्तारै बोल्छु ।

तिमीले सबैलाइ नुन चुक दल्छौ ।
म थाहा पाएर सब पचाई दिन्छु ।

तिमीे यो, त्यो भनेर पक्षपात गर्छौ
म सबैमा समान व्यवहार गर्छु ।

म कामको महत््वको मतलब गर्छु ।
तिमी बेफिकरले गफ दिइरहन्छौ ।

म भ्रम र भ्रष्टताको सधै विरोध गर्छु ।
तिमी त्यहि दलदलमा फस्न खोज्छौ ।

तिमी आफुबाट होइन अरूबाट चल्छौ ।
म अध्ययनको विश्लेषणले चल्न खोज्छु ।

म तिम्रो चाकडीको लक्षण बुझ्छु ।
म व्यवहारमा पनि फरक हुन्छु ।

तिमी उचालिएर माथि पुग्छौ ।
म मेरै क्षमताको जोहो गर्छु ।

त्यसैले म भन्ने गर्छु ।
तिमी र म निकै फरक छौ !

447 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank