म रोएँ

शनिबार, बैशाख ८, २०७५

- सानू पाैडेल



कहिले आगोले रोएँ कहिले पानीले रोएँ !
आखिर जहिले रोए पनि नादानिले रोएँ !!

……………………………………………….

आकाश जस्तै गर्जिन्थ्यौ तिमी आरिसले
फेरि छिनमै पानी हुने तिम्रो बानीले रोएँ !

……………………………………………….

ज्वाला मुखी फुट्ला जस्तो तिम्रो मुहार !!
नुहाउनी पग्लिएझैँ मायाको खानिले रोएँ

……………………………………………….

तिमिसँग छुटेपछि एक्का र बास्सा हराए !~
आखिर हात लागेका गुलाम र रानीले रोएँ

……………………………………………….

न त दोष तिम्रो नै थियो न त मेरो नै थियो
बुझाउन नसक्ने समयको बैमानीले रोएँ !

244 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank