म लिन आएँ

शनिबार, जेष्ठ ५, २०७५

- राकेश कार्की (लस एन्जेलस)



धेरै भो तिमी आइनौ म लिन आएँ
तिमी बाहेक कस्लाई भनु म किन आएँ

………………………………………………

जिन्दगीमा एक्लै हिँड्न गाह्रो रहेछ
हर थकाइमा तिम्रो मुस्कान प्यारो रहेछ ।

………………………………………………
यो अध्यारो मुख मुस्कानलाई दिन  आएँ
धेरै भो तिमी आइनौ म लिन  आएँ।

………………………………………………

धेरै भो तिमी आइनौ म लिन आएँ
तिमी बाहेक कस्लाई भनुँ म किन आएँ

………………………………………………

तिमी बिना सँभालिएन मेरो यो दिल
तिम्रो पनि गहमा मनको बह टिलपिल

………………………………………………
तिमी रोइछौ तिमीसंगै म हुन आएँ
धेरै भो तिमी आइनौ म लिन आएँ ।

………………………………………………

धेरै भो तिमी आइनौ म लिन आएँ
तिमी बाहेक कस्लाई भनुँ म किन आएँ ।

198 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank