जेलबाट छुुट्दै लुटपाट गर्दै

बिहिबार, पुस २८, २०७३



१० पटक चोरी, करोड संकलन, ६पटक जेल

उपत्चयकाभित्र भएका शृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका टीका थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले मगरलाई दक्षिण ढोकाबाट नियन्त्रणमा लिएको हो ।

पछिल्लो पटक गत बर्ष असार ७ गते चोरी तथा डकैती गरेको आरोपमा पक्राउ परी २६ लाख रुपैयाँ धरौटी तिरेर जेलबाट छुटेका थापा मगर पुनः लुटपाटमा संलग्न रहेको महाशाखाले जनाएको छ ।

उपत्यकामा भएका १५ वटा लुटपाटका घटनामा उनी संलग्न रहेको प्रहरीको दाबी छ । महाशाखाले थापा मगरलाई पक्राउ गरेपछि उनको कोठा परीक्षण गर्दा ३ लाख नगद समेत बरामद गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

104 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv