गोली प्रहार गर्दै चार लाख नगद लुटियो

आइतवार, जेष्ठ १२, २०७६



धरान । लुटेराको एक समुहले दिन दहाडै गोली प्रहार गर्दै धरानमा चार लाख भन्दा बढी नगद लुटपाट गरेको छ ।

आइतबार जीवन विकास लघुवित्त संस्थाकाे कर्मचारी शम्भु गच्छदारलाई गोली प्रहार गरी ४ लाख १० हजार नगद लुटिएको हो।

लुटेराले गच्छदारकाे कम्मरमा गोली हानी घाइते बनाएका छन् ।उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको संघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्रीले जानकारी दिएका छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank