डिउटीमा नखटिने पाँच डाक्टर बर्खास्त

बुधबार, चैत्र २६, २०७६



काठमाडौं । लुम्बिनी प्रादेशीक अस्पतालमा कार्यरत पाँच जना डाक्टर बर्खास्तमा परेका छन ।  कोरोना महारामारीको प्रकोपका बेला डिउटीमा नआएको भन्दै पाँच जना डाक्टरलाई बर्खास्त गरिएको हो ।

बर्खास्त हुनेहरुमा रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्की रहेका छन ।

अस्पताल प्रशासनलाई बिना जानकारी अस्पताल नआएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको जनाइएको छ । उनीहरु पाँचै जना करार पदमा नियुक्त गरिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments