लुक्ला विमानस्थलमा हवाइजहाज र हेलिकोप्टर ठोक्कियो

आइतवार, बैशाख १, २०७६



काठमाडौँ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज (आइतबार) बिहान बिमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । आज विहान लुक्लाबाट काठमाडौका लागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान उडानका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुर्घटनामा विमानका को-पाइलट सुजि ढुंगाना र पर्यटक प्रहरी कार्यालय लुक्लाका कार्यरत प्रहरी साहायक निरिक्षक राम बहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

दुर्घटनामा चार जना घाइते भएका छन् । विमानका पाइलट रबिनाथ रोकाया, असई रुद्र बहादुर श्रेष्ठ र मनाङ एयर हेलिकप्टरका पाइलट चेत बहादुर गुरुङ र विमानकी एयर होस्टेस आर लामा घाइते भएका छन् । घाइतेहरुमध्ये एयर होस्टेस लामाको अवस्था सामान्य रहेको छ । पाइलटहरू रोकाया, गुरूङ र असई श्रेष्ठलाई उपचारका लागि काठमाडाैं ल्याएको छ ।

प्रहरीका अनुसार काठमाडौका लागि उड्न लागेको विमान र रामेछापतर्फ आउने तयारी गरिरहेको मनाङ एयरको हेलिकप्टरमा ठोक्किएको थियो । विमान धावनमार्गबाट ट्रयाक अफ भई हेलिकप्टरसँग ठोक्किएको थियो । विमानमा पाइलट रोकाया, को पाइलट ढुंगाना र एयर होस्टेस लामा मात्र थिए ।

ट्रयाक अफ भएको विमानले हेलिकप्टरसँग ठोक्किनुअघि विमानस्थलमा कार्यरत सुरक्षाकर्मीहरु खड्का र श्रेष्ठलाई ठक्कर दिएको थियो ।

लुक्ला विमानस्थल ट्रेकिङको लागि उपयुक्त समयमा अत्यन्तै व्यस्त रहने विमानस्थल मध्ये एक हो । त्यस्तै लुक्ला विमानस्थल उडानका लागि विश्वकै जोखिमयुक्त विमानस्थल मध्ये एक मानिन्छ ।।

दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ।

57118171_2391508894418821_2243987921008852992_n 56956528_282734492656750_6087056367489646592_n 56866420_637495466704141_2397833112680660992_n

बिहान ९:२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हो। समिटको विमान के कति यात्रु थिए पुष्टि भएको छैन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank