जेठ ३२ सम्मका लागि लकडाउन बढाइयो

शनिबार, जेष्ठ १७, २०७७



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियाल्दै सरकारले लकडाउनको समयावधी थप गरेको छ ।

गत चैत ११ गते देखि जारी लकडाउन निरन्तर रुपमा सरकारले बढाउँदै गइरहेको छ । यहि जेठ २० गते सम्म जारी लकडाउनकाे समय नसकिदै पून: समायावधी थप गरेर जेठ ३२ गते सम्मका लागि जारी गर्ने निर्णय सरकारले गरेको छ ।

शनिबार बसेको मन्त्रीपरिषद बैठकले जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । लकडाउनका कारण जनजीवन नराम्राेसँग प्रभावित भएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments