दुई साता लकडाउन बढाउने उच्च स्तरीय समन्वय समितिको निर्णय

आइतवार, चैत्र १६, २०७६



काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रकोप न्युनिकरण गर्न दुई साता लकडाउन गर्न उच्च स्तरीय समन्यव समितिले निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उक्त समन्वय समितिको आजको बैठकले दुई साता लकडाउन थप्न निर्णय गरेको हो।

सरकारले यस अघि चैत १० गतेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।त्यस्तै आज चार बजे मन्त्रीपरिषदको बैठक बस्दैछ । बैठकले उक्त निर्णय पारित गर्ने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments