ग्यास उद्योगी तथा व्यवसायीले गरे आन्दोलन फिर्ता : एलपी ग्यासका सहज आपूर्ति शुरु

बुधबार, फाल्गुन २२, २०७५



काठमाडौं । गत शुक्रबारदेखि आन्दोलनरत ग्यास उद्योगी तथा व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन फिर्ता लिएसँगै अब बजारमा खाना पकाउने एलपी ग्यासकाे सहज आपूर्ति शुरु भएको छ ।

नेपाल आयल निगममा हिजो (मंगलबार) भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ । यो सँगै उद्योगीले भारतका ग्यास डिपोबाट ग्यास उठाउन शुरु गर्नेछन् ।

आपूर्तिमन्त्री मातृका यादवको उपस्थितिमा भएको वार्तामा निगम सञ्चालक समितिले गठन गरेको समितिले व्यवसायीका माग सम्बोधन गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने र ग्याससहित पेट्रोलियम पदार्थ सुधार र व्यवस्थापनको लागि मार्गचित्र बनाउन उच्चस्तरीय समिति बनाउने सहमति भएको छ ।

ढुवानी भाडा र कमिसन बढाउनुपर्ने लगायतका मागसहित उद्योगी/व्यवसायीले शुक्रबारदेखि ग्यासको पीडीओ लिन छाडेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank