हराएका निर्देशक र १२ बालक ९ दिनपछि भेटिए

मङ्लबार, असार १९, २०७५

थाईल्याण्डको एक गुफामा हराएका १२ बालक र तीनका फुटबल प्रशिक्षक ९ दिनपछि सकुशल भेटिएका छन् । चियाङ्ग राई क्षेत्रको थम लङ गुफामा उनीहरु सकुशल भेटिएपनि उद्धार कार्य भने कठिन रहेको बीबीसीले उल्लेख गरेको छ । गुफामा पानीको स्तर बढेर हिलो भईरहेकाले उद्धारमा अप्ठ्यारो भएको थाई अधिकारीले जनाएका छन् ।

नौसेनाको विशेष दलले उनीहरु रहेको स्थान पत्ता लगाएको हो । ती बालक र प्रशिक्षकले बाढीबाट बच्न सकिने स्थानको खोजी गरेको पाईएको छ ।

मोपा फुटबल टिमका सदस्यलाई घुमाउन उनका प्रशिक्षकले सो स्थानमा लगेका थिए । ती बालकको खोजी र उद्धारका लागी चीन, म्यानमार, लाओस, अष्ट्रेलिया, अमेरिका र बेलायतका समेत गरी १ हजार जनाको समुह खटिएको छ ।

173 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank