पौराणिक प्रसंग : भगवान विष्णुको ‘मत्स्यावतार’

सोमवार, कार्तिक २५, २०७६



कुनै पनि देवी देवताले धर्म रक्षार्थ वा मानव कल्याणार्थ पृथ्वीमा मनुष्य अथवा पशु रूपमा अवतरित (रूप बदलेर) हुन्छन् भने त्यो रूपलाई नै त्यो देवताको अवतार भन्ने बुझिन्छ। मानव कल्याण र धर्म रक्षाकोलागि भगवान् विष्णु साथै अन्य शिवादि देवताहरूले पनि अनेकौ अवतार लिएको कुरा हिन्दू धर्म ग्रन्थहरूमा प्रसस्त कथाका रूपमा  भेटिने गर्दछ ।

 हिन्दू धर्म ग्रन्थहरूमा जब जब पृथ्वीमा पाप बढ्दै गयो, हत्याहिंसा, लुटपाट, चोरी डकैती आदी खराब कर्मको वृदी भयो तब तब भगवान विष्णु कुनै न कुनै रूपमा पृथ्वीमा जन्मिएर पापिहरू नाश गरेर धर्मको उदार गरेको कथनहरू भेटिनेगर्दछ। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनन्त छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा भगवान विष्णुका २४ वटा अवतार मानिन्छन्। ति मध्य दशलाई  मुख्य अवतार र बाँकीका सहायक अवतारको वर्णन  गरिएको पाइन्छ।

यहाँ भगवान विष्णुको पहिलो अवतार अर्थात मत्स्य अवतारको बारेमा चर्चा गरिनेछ ।

मत्स्यावतार :

हिन्दू धर्म ग्रन्थका अनुसार प्राचिन कालमा सत्यव्रत नामका एक राजा थिए । उनी ठुला उद्धारवान र भगवानका परम भक्त थिए । एक दिन उनी कृतमाला नदीमा तर्पण गर्न लागेका थिए, यसै बेला उनको हातमा एक सानो माछा आयो । माछाले राजालाई भने “हे महाराज ! यी नदीका जिव तथा ठुला माछाहरूले मलाई खान्छन्, अत: तपाईँ मेरो रक्षा गर्नु होस् ।”

माछाको विन्ती सुनेर दयालु राजा सत्यव्रतले माछालाई आफ्नो कमण्डलुमा राखे । केही छिनमै मत्स्य बढेर कमण्डलुमा नअटाउने भयो । यो देखेर उदारवादी राजा सत्यव्रतले मत्स्यलाई एक मट्कामा राखे । केही छिन पछि मत्स्य बढेर मट्कामा पनि न अटाउने भए । यो देखेर राजाले पुन: मत्स्यलाई एक तलाउमा राखे । केही छिनमै मत्स्य तलाउमा पनि न अटाउने भयो । अन्तमा राजा सत्यव्रतले हार मानी मत्स्यलाई समुद्रमा छोड्ने निधो गरे ।

यो देखेर मत्स्यले ” हे महाराज ! समुद्रमा त झनै ठुला जलिय जिवहरू छन् तिनले मलाई खाई दिन्छन्. मलाई समुद्रमा न छोड्नुहोस्” भनि विन्ती गरे । मत्स्यको यो मधुर वाणी सुनेर राजा मोहित भए राजाले भगवानको लिला हो भन्ने थाह पाए । राजाले हात जोरेर भगवान मत्यको प्रार्थना गर्न लागे ।

“प्रभु! हे गुण निधान! जति मैले यो संसारमा चिजहरू देख्छु तपाईंले त्यो सबैलाई एकै छिनमा नाश गर्नसक्नु हुन्छ । तपाईंबाट नै यो सृष्टिको सृजना भएको हो । तपाईं नै यसको पालन गर्नु हुन्छ । तपाईं एक अदृश्य शक्तीको रूपमा व्याप्त हुनुहुन्छ । यो संसार तपाईंको शरीर हो, चन्द्रमा र सूर्य तपाईंका नेत्रहरू हुन्, यो वायू तपाईंको श्वाश हो । मेघहरू तपाईंका केश हुन् । तपाईंको लिला ठूला ठुला नारद, वशिष्ठ, कश्यप दुर्बाशा, आदी तपश्वी ऋषि मुनीहरू इन्द्र, बरुण, ब्रह्मा, आदी देवतागणहरूले त थाहा पाउन सक्दैनन् भने म एक सामान्य मर्त्य चोलाको मनुष्यलाई के थाहा हुनु ? मैले तपाईंको लिला थाहा न पाएर जो आफ्नो घमण्डीपना देखाएँ त्यसमा मलाई क्षमा गर्नु होस् । म मात्र नभएर यो सारा जगत नै तपाईंको दास हो । मेरो भक्ती ठूलो थियो जसले गर्दा तपाईंले म माथी कृपा गरेर दर्शन दिनु भयो,  म धन्य हुँ जसको दर्शनको लागि यो सारा जगत नै तडपीरहेको छ, उनको मैले सहजै दर्शन पाएँ र सेवा तथा प्रार्थना गर्न पाएँ । जसको बल वायू समान छ, जसको पानीको जस्तै मधुरता र सूर्य समान तेज छ । जसमा फूल समान कोमलता र विजुली झैँ चमक छ । जसको मेघको समान वाणी छ  जो चराचर जगतको सृष्टी कर्ता, पालन कर्ता र संहार कर्ता हो उन प्रमेश्वरलाई मेरे बारम्बार प्रार्थना छ।”

मत्स्य(भगवान विष्णु) सत्यव्रतको प्रार्थनाबाट खुसी भए । अनि आफ्नो प्यारो भक्त सत्यव्रतलाई भन्न थाले “भक्त ! आजको सातौँ दिनमा तिनै लोक प्रलयकालको जलराशीमा डुब्ने छ । त्यसबेला मेरो प्रेरणाले तिमी सामु एक ठूलो डुङ्गा आउने छ । तपाईंले सबै जिवहरू र अन्नहरूको बिज लिएर त्यसै डुङ्गामा सप्तऋषिहरूका साथमा बसेर घुम्नु । आँधी र हुरीका कारण नाउ डगमगाउन लाग्ने छ । त्यसै बेला म यसै माछाको रूपमा तिमीहरूको रक्षा गरौँला ।” यति भनेर भगवान अन्तर्ध्यान भए ।

सातौँ दिनमा सत्यव्रतको सामुन्ने  सबै पृथ्वी जलमा डुब्न लाग्यो । सत्यव्रतलाई भगवानको कुरा याद आयो, उनले एक नाउ देखे । उनी बिउहरू लिएर सप्तर्षिहरूका साथ त्यसै नाउमा बसे । केही छिन पछि समुद्रमा भयंकर आँधी आयो, आँधीका कारण नाउ डगमगाउन थाल्यो । सप्तऋषि  लगाएत राजा सत्यव्रतले भगवान मस्त्यको ध्यान गर्न थाले । त्यसैबेला समुद्रको विचमा विशाल मत्स्य रूपमा भगवान प्रकट भई नाउमा सवार आठै जनाले आफ्नो नाउ माछाको सिङमा बाँधे । त्यसपछी भगवानले प्रलयको समुद्र बिहार गर्दै सत्यव्रतलाई ज्ञान र भक्तिका उपदेशहरू दिए ।

db8c8ce70c041336735a519eb9133fb9

हयग्रिव नाम गरेको राक्षसले वेदहरूलाई चोरेर समुद्रमा लुकाई राखेको थियो, भगवान मत्स्यले हयग्रिवलाई मारेर वेदहरूको पनि उदार गरेको कथन पनि हिन्दु पुराणहरूमा भेटिने गर्दछ ।

मत्स्यनारायाण मेला  :

मत्स्यनारायाण मेला काठमाडौंको कीर्तिपुर नजीकै रहेको मच्छेगाउँमा लाग्छ । हरेक मलमासमा यहाँको मत्स्यनारायण मन्दिरमा वैशाख २ गतेदेखि मेला शुरु  हुन्छ । एक महिना भरी लाग्ने हुँदा यसलाई एक महिने मेला पनि भनिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata