लण्डनको एक २४ तले भवनमा आगलागि

बुधबार, जेष्ठ ३१, २०७४



काठमाडौं । लण्डनको २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगो लागेको हो ।प्रतक्षदर्शिका अनुसार केही व्यक्ति आफ्नो घरमा फसेका छन् ।

भवनका सबै तलामा आगो फैलिएको दृष्य टेलिभिजन च्यानलहरुले प्रसारण गरेका छन् । बीबीसीका एक सम्बाददाताका अनुसार भवन जलेर ढल्ने खतरा छ ।

लण्डन फायर ब्रिगेडका अनुसार आगो निभाउन २ सय दमकल प्रयोग गरिएको छ ।

मानवीय क्षतिको विवरण आएको छैन । तर, स्थानीय प्रहरीका अनुसार मानिसहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार सुरुमा भवनको सबैभन्दा माथिल्लो तलामा चम्किलो प्रकाश देखिएको थियो । सुरुमा यसलाई टर्च लाइटको उज्यालो ठानिएको थियो तर हेर्दाहेर्दै भवनमा आगो फैलियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments