लन्डन आक्रमणकारीको पहिचान, शंकास्पद ८  प्रहरी नियन्त्रणमा

शुक्रबार, चैत्र ११, २०७३



काठमाडौं । बेलायतको प्रहरीले लन्डनमा पाँच जना मारिने गरी भएको आतंककारी आक्रमणमा संलग्न मुख्य व्यक्ति ५२ वर्षीय खालिद मसुद भएको जनाएको छ ।

उनी बेलायतको कैट काउन्टीमा जन्मिएर हाल वेस्ट मिडल्यान्डस्मा बस्दै आएको प्रहरीले दाबी गरेको छ । यसैबीच बेलायती सुरक्षा बलले बर्मिङ्घम शहरमा छापा मारेर घटनामा संलग्न रहेको आशंकामा आठ जनालाई पक्राउ गरेको छ ।

वेष्टमिनिस्टरस्थित संसद् भवननजिकै बुधबार गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । घटनामा २९ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

इस्लामिक अतिवादी समुह आईएसले आफ्नो लडाकुले आक्रमण गरेको दाबी गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank