लोकतन्त्र दिवस सरकारले खासै महत्व दिएन

मङ्लबार, बैशाख ११, २०७५



काठमाडौं । २०६२/६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १२ वर्ष पूरा भएको छ । आज लोकतन्त्र दिवसका रुपमा सरकारले विभिन्न् कार्यक्रम गरि मनाउँदैछ । सार्वजनिक विदा भने कटौती भएको छ । राजधानी सहित सबे प्रदेशहरुमा लोकतन्त्र दिवसका रुपमा कार्यक्रम राखिएको संघिय मामिला मन्त्री लालबाबु पण्डितले जानकारी दिए । तर सरकारका तर्फबाट नै कुनै औपारीक कार्यक्रम भने राखिएको छैन ।

२०६२ सालको चैत २६ गतेबाट सुरु भई १९ दिनपछि अर्थात् २०६३ साल वैशाख ११ गते आन्दोलनले सफलता प्राप्त गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वा्चित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि तत्कालीन सात दलले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग बोकेर सडकमा ओर्लिएका थिए ।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको अडानले बैशाख ११ गते पूर्णरुप पाएको थियो । २०६२÷६३ मा भएको जनआन्दोलनमा २५ जना नेपालीले जीवन बलिदान दिए भने थुप्रै घाइते भए । यो १२ बर्षमा अवधिमा दोस्रो संविधानसभाबाट मुलुकले नयाँ संविधान प्राप्त गरी कार्यान्वयन भइसकेको छ । स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन भएका छन् ।

नयाँ जनप्रतिनिधिले काम शुरु गरिसकेका छन् । तर, सत्य निरुपण तथा मेलमिलाप, वेपत्ता छानबिन आयोग गठन गरिए पनि त्यसको कामको प्रगति सन्तोषजनक छैन ।

192 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank