राज्य व्यवस्था समिति विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

मङ्लबार, जेष्ठ २८, २०७६



काठमाडौं । लोक सेवा आयोगको विज्ञापन रोकन निर्देशन दिएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समिति विरुद्ध प्रदर्शन भएको छ ।

संसदको राज्य व्यवस्था समितिले सोमबार लोकसेवा आयोग विज्ञापन संविधान विपरित र विवादित भएको भन्दै रोक्न निर्देशन दिएको थियो । परीक्षाको तयारीमा जुटेकाहरुले लोक सेवा तयारी तदर्थ संघर्ष समिति नै गठन गरेर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले मंगलबार माइतीघर मण्डलामा सरकार विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन फिर्ता नलिइए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

loksewa

‘मनपरी निर्णय गर्न पाइदैन । अराजक निर्णय ल्याउने राज्य व्यवस्था चाहिदैन । विद्यार्थीको भविष्य माथि खेलबाड गर्न पाइदैन ।’, लगायतका चर्का नारा लगाएका थिए ।

गत जेठ १५ गते लोकसेवा आयोगले ५१५ वटा स्थानीय तहमा पदपूर्तीका लागि ९ हजार एक सय ६१ दरबन्दीका लागि विज्ञापन आव्हान गरेको थियो । सो निर्देशन पछि गत आइतबारसम्म एक लाख विद्यार्थीले आयोगको फारम भरेको भए पनि अन्यौलतामा परेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata