लोकसेवाले कानूनसम्मत विज्ञापन गरेको छ: अध्यक्ष मैनाली

सोमवार, जेष्ठ २०, २०७६



काठमाडौं।लोकसेवा आयोगले निकालिएको विज्ञापन विवादबारे लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले कानून सम्मत नै विज्ञापन गरिएको दाबी गरेका छन् ।

सोमबार संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोग अध्यक्ष मैनालीले विज्ञापन कानून सम्मत भएको दाबी गरेका हुन् । उनले संविधानका केहि धाराहरु विरोधाभाषपूर्ण भएको उल्लेख गर्दै संविधान संशोधन गर्न सुझाव दिए ।

सरकारको आग्रहमा नै विज्ञापन आब्हान गरेकाले समस्याको समाधानको प्रक्रिया पनि सरकारले नै गर्नु पर्नेमा जोड दिए ।

गत बुधबार लोकसेवा आयोगले देशैभरका ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा भर्ना खोलेको थियो ।

लोकसेवा आयोगले आब्हान गरेको विज्ञापन संविधानको भावना विपरित भएको भन्दै राजपा लगायतका दलहरुले विरोध गर्र्दै आएका छन् । उनीहरुले विज्ञापन फिर्ता नलिए अदालतमा जाने चेतावनी समेत दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank