एकै पटक एक हजार १६ अधिकृतको लागि विज्ञापन आव्हान

बुधबार, मंसिर २५, २०७६



काठमाडौं । लोकसेवा आयोगले एकै पटक एक हजार १६ अधिकृतका लागि विज्ञापन आव्हान गरेको छ । बुधबार आयोगले शासन,खुल्ला तथा समावेसी पदमा पुस १५ गतेसम्म फर्म सम्म र दोब्बर दस्तुर तिरेर पुस २२ सम्म आवेदन फारम बुझाउने अन्तिम मिति तोकिएको छ ।

त्यस्तै आन्तरिक बढुवाका लागि पुस २९ गतेसम्म निवेदन दिन सकिने लोकसेवाले जनाएको छ । राजश्व, लेखा, परराष्ट्र, न्याय, संसदका लागि कूल १ हजार ९६ पदको लागि विज्ञापन गरेको हो। आन्तरिक बढुवातर्फ ३ सय २८, खुला तर्फ ४ सय १९ र समावेशी तर्फ ३ सय ४९ छुट्याइएको छ।

प्रशासन सेवामा ५ सय ६०, प्रशासन राजस्वमा ६९, प्रशासन लेखामा ३०, परराष्ट्रमा ४, न्यायमा २९०, कानूनमा ४९, सरकारी वकिलमा २४ र संसद सेवामा २८ जना माग गरिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments