लोकसेवा आयोगको विज्ञापन विरुद्ध प्रधानमन्त्री निवास बाहिर प्रदर्शन

मङ्लबार, साउन २८, २०७६



काठमाडौं । लोकसेवा आयोगको विज्ञापन प्रति असन्तुष्ट आदिवासी जनजातीहरुले प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रर्दशन गरेका छन ।आज (मंगलबार) दिउसो जनजातीहरुले संघीयताको मूल मर्म, समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले गरेकाे विज्ञापनको विरुद्ध प्रर्दशन गरेका हुन ।

आरक्षण बचाऔं अभियान नाम दिएको उक्त प्रर्दशनमा उनीहरुले असंवैधानिक विज्ञापन खारेज गर,करार कर्मचारी भर्ती बन्द गर, लोकसेवा आयोग मुर्दावाद , संविधान मिच्न पाइदैन जस्ता नारा सहित सरकार विरुद्ध चर्काे नारा जुलुस लगाएका छन ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको राजीनामा माग गरेका छन ।  साथै आफ्ना माग पूरा नहुञ्जेल सम्म आन्दोलन जारी रहने बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata