लोकसेवा विज्ञापन नसच्याए परीक्षामा अवरोध गर्ने चेतावनी

मङ्लबार, असार ३१, २०७६



काठमाडौं । लोकसेवा आयोगले स्थानीय निकायका लागि गरेको विज्ञापन सच्याउनु पर्ने माग गर्दै माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ ।

प्रर्दशनकारीले विज्ञापन समावेशी नभएको भन्दै आयोगले आव्हान गरेको विज्ञापनको विरोध जनाएका हुन । उनीहरुले विज्ञापन स्थगन गर्दै परिक्षा रद्ध गर्न सरकारलाई सुझाव दिएका छन । यदि विज्ञापन नरोकिए परिक्षा केन्द्रमा पुगेर अवरोध गर्ने जनाएका छन । उनीहरुले परिक्षा केन्द्रमा पुगेर प्रश्नपत्र च्यात्ने समेत चेतावनी दिएका छन ।

प्रदर्शनकारीहरुले संविधानको मर्म अनुसार सबै कलस्टर सहितको समावेशी,समानुपातिक सहितको पून: विज्ञापन गर्न माग गरेका छन । विभिन्न प्लेकार्ड सहित गरिएको प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरु लगायतको सहभागिता रहेको थियो । माग पूरा नभए सम्म आन्दोलन नरोक्ने समेत उनीहरुले चेतावनी दिएका छन ।

गत जेठ १५ गते लोकसेवा आयोगले ५ सय १५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि आब्हान गरेको थियो । आयोगमा करिब चार लाख व्यक्तिहरुले आवेदन भरेको जनाइएको छ । आयोगले साउन चार गते देखि परिक्षा तोकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata