करार भर्ना बन्द गर,लोकसेवा आयोगको विश्वसनीयता कायम गर

बुधबार, जेष्ठ २९, २०७६



काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्ध गर्न सरकारलाई दिएको निर्देशनबारे बुधबार (दोस्रो) दिन पनि प्रदर्शन भएको छ ।

परीक्षाको तयारीमा जुटेकाहरुले लोक सेवा तयारी तदर्थ संघर्ष समिति नै गठन गरेर माइतीघर मण्डलामा दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन् । उनीहरुले करार भर्ना बन्द गर, राज्य व्यवस्था समिति मुर्दावाद लोकसेवा आयोगको विश्वसनीयता कायम गर जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन् ।

लोकसेवा आयोगले यहि जेठ १५ गते आह्वान गरेको लोकसेवा विज्ञापनका विषयमा विवाद उत्पन्न भएपछि सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आयोगलाई विज्ञापन रद्ध गर्न निर्देशन दिएको थियो ।

प्रदर्शनकारीले निर्देशन फिर्ता नलिइए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । गत जेठ १५ गते लोकसेवा आयोगले ५१५ वटा स्थानीय तहमा पदपूर्तीका लागि ९ हजार एक सय ६१ दरबन्दीका लागि विज्ञापन आव्हान गरेको थियो । सो निर्देशन पछि लोकसेवा आयोगको फारम भरेका एक लाख भन्दा बढी विद्यार्थीले अन्यौलतामा परेका छन् ।

सम्बन्धीत समाचार

राज्य व्यवस्था समिति विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

लोकसेवा आयोगको विज्ञापन तत्कालका लागि नरोकिने

लोकसेवा आयोगको विज्ञापन रोक्न संसदीय समितिको निर्देशन

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata