भारतमा जारी लोकसभा निर्वाचनमा उम्मेदवार नै पक्राउ

सोमवार, बैशाख ९, २०७६



पिपिली । भारतमा लोकसभा निर्वाचन जारी छ । विभिन्न चरणमा हुने मतदान अन्तर्गत पहिलो चरणको मतदान यही अप्रिल ११ तारिखका दिन सम्पन्न भएको थियो भने दोस्रो चरणको मतदान अप्रिल १८ तारिखका दिन सम्पन्न भएको थियो ।

यसै क्रममा लोकसभा निर्वाचनमा उम्मेदवार रहेका एक जना आकाङ्क्षीलाई प्रहरीले पक्राउ गरेको छ । विजु जनता दल (विजेडी) का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका प्रदीप महारथीलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचनमा पैसा र बल प्रयोग गन खोजेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् उडिसा प्रदेशको २१ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १४७ सदस्यका लागि चार चरणमा मतदान हुन लागेको छ ।

भारतमा तेस्रो र चौथो चरणको मतदान यही अप्रिल २३ र २९ मा हुने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank