हैसियतमा लोकमान अझै प्रमुख आयुक्त !

सान्तवना दिन सरकारी अधिकारी पनि पुगे लोकमान निवासमा

सोमवार, पुस २५, २०७३

loading...

- दीपेन्द्र खड्का



काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमु्ख आयुक्तबाट कानुनी रुपमा पदमुक्त भएका लोकमानसिंह कार्कीले अख्तियार प्रमुखकै हैसियतमा सुविधाको दुरुपयोग गरेका छन् । सर्वोच्च अदालतले अख्तियार प्रमुखका लागि अयोग्य रहेको फैसला सुनाएपछि गुप्तबासमा रहेका कार्की अख्तियार प्रमुखकै हैसियतमा भेटघाट गरिरहेका छन् ।

गत कार्तिकमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका कार्कीले हिजो सर्वोच्च अदालतले उनको नियुक्ती नै खारेज गरि सक्दा समेत सरकारी सुविधा छोडेका छैनन् । कार्कीले अख्तियारको सरकारी निवास, गाडि लगायत अन्य साधन स्रोत प्रयोग गरिरहेका छन् । ‘कानुनी रुपमा उनी पदमुक्त भएकै दिन अख्तियार प्रमुखको हैसियतमा सेवा सुविधा प्रयोग गर्न मिल्दैन’ अख्तियारका एक पूर्व आयुक्तले भने, ‘त्यो भन्दा पनि नैतिकताका आधारमा उनले सबै सेवा सुविधा आइतबार साँझदेखि नै छोड्नुर्निे हो ।’

उनलाई सहानुभुति व्यक्त गर्न जानेहरुमा पुर्व सुरक्षा अधिकारी, अवकाश प्राप्त सरकारी कर्मचारी मात्र नभएर अख्तियारका बहालवाला राजनारायण पाठक समेत पुगेको स्रोतले बतायो ।

हालसम्म पनि उनले प्रमुख आयुक्तले चढ्ने गाडि फिर्ता गरेका छैनन । कार्की चार दिन यता अख्तियारको टंगाल स्थितसरकारी निवासबाट गुप्तबासमा बसेको स्रोतले नेपालपाटीलाई बतायो । ‘उहाँ(कार्की) सर्वोच्च अदालतमा बहस भएदेखि बाहिर सम्पर्कमा कम हुनुहुन्थ्यो ’ कार्की निकटमा रहेका अख्तियारका एक कर्मचारीले भने ‘चारदिन भयो घरबाट निस्किनुभएको छैन, हिजोदेखि भेटघाट बाक्लिएको छ निवास छोड्ने टुङ्गो छैन । ’ कार्कीले निलम्बनमा परिसक्दा समेत व्यक्तिगत काममा नेपाल प्रहरीका जवानहरुलाई काममा लगाउँदै आएका छन् । स्रोत भन्छ ‘उहाँको भान्सामा खान पकाउने देखी लुगा धुनेसम्मको काम केटाहरुले गरिरहेका छन् । हामीले काम नगर भन्न पनि मुस्किल छ ।’

अख्तियारमै कार्यरत एक प्रहरी अधिकारीले व्यक्तिगत सुरक्षामा केही सुरक्षाकर्मी कटौति गरिएपनि कार्कीको व्यक्तिगत काममा लगाईएका राष्ट्रसेवकहरुलाई फिर्ता गर्न नसकिएको स्वीकारे । उनले भने ‘निलम्बनमा हुँदा पनि  फर्किएर आउँछन् की भन्ने त्रास थियो । अब हेडक्वार्टरले केही निर्देशन पठाउला की भन्ने छ ।’

को को गए भेट्न कार्कीलाई ?

आईतबार बेलुकी सर्बोच्चले उनको विरुद्धमा फैसला सुनाएपछी कार्कीलाई भेट्न आफन्तहरुको टंगाल स्थित उनको सरकारी निवासमा घुईँचो लागेको छ । उनलाई सहानुभुति व्यक्त गर्न जानेहरुमा पुर्व सुरक्षा अधिकारी, अवकाश प्राप्त सरकारी कर्मचारी मात्र नभएर अख्तियारका बहालवाला राजनारायण पाठक समेत पुगेको स्रोतले बतायो ।

‘अति गरे खति हुन्छ’ भन्ने नेपाली उखान वास्तविक रुपमा चरितार्थ भएको अख्तियारमा चर्चा चलेको छ ।  तत्कालीन दरवारको हुकुम प्रमाङगणी देखी लोकतान्त्रिक गणतन्त्रका शक्तीशाली व्यक्तीहरुलाई समेत बहसमा पारेर आफ्नो स्वार्थ पुरा गर्ने कार्की कला यतिबेला असफल भएको छ । सर्वोच्च अदालतका तीन न्यायधिसहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनका लागि कार्कीको योग्यता नै नपुने भन्दै बदर गरिदियो ।

यसअघि नै गत कार्तिकमा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीको प्रस्ताव र एमालेको समर्थनमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो हुनुभन्दा अघि नै सर्वोच्चले कार्की अयोग्य रहेको फैसला सुनाएको हो ।

1357 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!