आज मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन थप्नेनथप्नेबारे निर्णय हुने

शनिबार, बैशाख १३, २०७७



काठमाडौं । सरकारले आज कोरोना भाइरस नियन्त्रणका लागि लकडाउनकाे म्याद थप्ने/नथप्नेबारे निर्णय गर्ने भएको छ । वैशाख १५ सम्म तेस्रोपटक गरि लम्बाइएको सकिने समय नजिक भएकाले सरकारले आज लकडाउन थप्नेनथप्नेबारे निर्णय गर्ने भएको हो ।

लकडाउनलाई कसरी अगाडि लैजाने भन्ने बारेमा आज कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बैठक बस्न लागेको हो ।

शनिबार बिहानसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । जसमध्ये १० जना उपचारपछि निको भइसकेका छन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments