लोक सेवा आयोग अगाडि प्रदर्शन

बिहिबार, साउन २, २०७६



काठमाडौं । लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहानैदेखि  प्रदर्शन  भइरहेको छ ।स्थानीय तहमा लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै प्रदर्शन भएको हो  ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गरेको थियो । उक्त विज्ञापनको खारेजीको माग गर्दै लिएर परीक्षा शुरु हुनभन्दा ठिक एक  दिनअगाडी  विभिन्न संघ–संगठनहरूले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

स्द्फ्गफ्स

‘आरक्षण बचाउ आन्दोलन’को नाममा गरिएको प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ भने आयोग अगाडिको सडकमा केहीबेर तनावको स्थिति समेत सिर्जना भएको थियो ।

लोक सेवाको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू रुष्ट छन् । अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग उनीहरूको छ । यही माग राखेर उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

 लोक सेवा आयोगले शुक्रबारबाट परीक्षा सञ्चालन शुरु गर्दैछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata