‘लकडाउन’ प्रभावकारी बनाउन उपत्यकाका सबै युटिनका प्रहरी फिल्डमा

मङ्लबार, चैत्र ११, २०७६



प्रहरीले सरकारले सुरु गरेको ‘लकडाउन’लाई प्रभावकारी बनाउन सुरक्षा सर्तकता कडा पारेको छ । मंगलबारबाट सुरुभएको ‘लकडाउन’को अवधिमा उपत्यका लगायत देशभरका मानिसलाई अत्यावश्यक काम बाहेकका कुनै पनि सवारी साधन र पसल सञ्चालनमा रोक लगाउन प्रहरी प्रधानकार्यालयले मातहतका युनिटलाई निर्देशन दिएको छ ।

उपत्यकाका केही ठाँउमा छिटफुटरुपमा चलेका सवारीसाधन पनि तत्काल बन्द गर्न बिहानैबाट निर्देशन भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जनाकारी दिए ।

‘लकडाउनको अवधिमा सुरक्षीत रहन माइकिङदेखि जथाभाबि बाहीर निस्कन खोज्नेलाई रोक लगाउने काम भइरहेको छ, उपत्यका भएसका सबै युटिनहरुलाई पूर्व रुपमा बाहीर फिल्डमा आउन निर्देशन भएको छ,’ एसएसपी ज्ञवालीले भने ।

बिहान देखिनै प्रहरी चाेक चाेक देखि गल्ली गल्लीमा उपस्थित भएकाे ज्ञवालीले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments