लकडाउन र श्रमिक

मङ्लबार, चैत्र १८, २०७६

- सीता ओझा



” हेलो,हेलो ”
” सर ! ”
” कता हुनुहुन्छ ?  ”
” सर हामीलाई खानै समस्या पर्यो , अलिकति पैसा दिनु हुन्थ्यो कि भनेर कल गरेको नि सरलाई !”
” म सर हैन, पछि गर्नु”, भन्दै निरस कुमारले फोन काटिदिए ।
मोबाइल काटिएपछि सगैँ बसेको रूपचन्द्र झनक रिसाउदै रामानन्दको हातको मोबाइल खोस्यो र भुइतिर फुत्तै फाल्यो ।
मोबाइल उछिटिएर पर पुग्यो र लुगा राखेको जुटको बोरामा अड्कियो ।
” त्यो मोबाइलले के गरेको थियो र तैँले फालेको हँ ?”
” फुटेको भए तँ पैसा तिर्थिस ?”
” साहुले मोबाइल काट्छ, तँ मेरो मोबाइल फालेर ,फुटाएर रिस मेट्छस् ।”
भन्दै रामानन्द रूपचन्द्रसगँ रिसायो ।
रामानन्द र रूपचन्द्र सगैँ बसेको तीन वर्ष भयो तर दुइविच कहिल्यै मन मुटाब थिएन ।
रामानन्द तराईबाट काठमाडौ आएदेखि नै भन्दा हुन्छ रूपचन्द्रसगैँ बसेको छ । रामानन्दको परिवारमा परेका हरेक सुख दु:खमा रूपचन्द्र सामेल हुने गरेको पनि वर्षदिन नाघिसक्यो । तर भनाभन भएको थिएन ।
रूपचन्द्र दोलखाबाट काठमाडौं आएको कामको शिलशिलाले नै हो । खेतीपातीको काममा छिजो मानेर  महिना,महिनामा नगद आम्दानी गर्ने उदेश्यले घर छोडेको थियो । अघिल्लो दशैमा रूपचन्द्रले रामानन्दलाई नहमीको दिन घरै लिएर गएको थियो ।
घरमा पुगेपछि सबै मिलेर खसी काटे,भुटन र सितन मिलाएर दशैं मनाए ।
विहान दशमीको टीका लगाएर रामानन्द र रूपचन्द्र सगै घरबाट निस्किए ।
रूपचन्द्र तराई झरेको पहिलोपटक भएकोले बर्दिबासतिर पुगेपछि सम्म देखेर छक्क पर्यो ।
निकै अनौठो मान्दै मान्दै रामानन्दको घर पुगे ।
रामानन्दको भित्री घर,बाहिरी घर,पाहुना घर,पशुघर देखेर रूपचन्द्र छक्क परेको सम्झियो ।
एकछिन टोलायो र रामानन्दलाई भन्यो,
” रामानन्द , एक पटक मोबाइल देउ त, म ठेकदारलाई कल गर्छु ।”
” मैले गरेको चित्त बुझेन, ल गर, त्योबाट काम चल्दैन,हामीसँग उसले काम बाहेक अरू कुरा खोज्दैन।”
” यो कोठा उसको दयाले भाडा तिरेको हैन, कामको मायाले हो । बुझिस नि ऐले त ।”
दया भएको भए रिनमा भएनी रासनको व्यवस्था गरिदिन्थ्यो । ”
” ए केटा हो , के छ खाने व्यवस्था ? भनेर सोध्ने थियो ।”
” मोबाइल हातबाट मिनेट नछोड्ने मान्छेले अरूलाई फोन छोड्यो भन्ने त मलाई लाग्दै लाग्दैन ।”
त्यसैले अब भरे राती तरकारी,कुखुराको गाडी समातेर म त घरतिर लाग्छु केटा !  ”
” तँ के गर्छस नि ?”
रामानन्दको हातको मोबाइल खोसेर रूपचन्द्रले सयौ पटक कल गर्यो तर निरस कुमारले उठाएन।
कोरोना संक्रमणको कारणले लकडाउन भएकोले बाहिर निस्कने कुरै भएन ।
हिजो पल्लो कोठाको रामे टाउको दुखेर सिटामोल खोज्न निस्केको त प्रहरीको भाटो खाएको सम्झियो । भोकले छट्पटीएका दुबैले तातोपानी थपे ।
अनेकौं विकल्पहरू सोचे । झट्ट स्थानीय निर्वाचन याद आएकोले कारखानामा चुनावको बेला पसेका स्थानीय वडा सदस्यलाई फोन गरे ।
मोबाइल त उठ्यो तर जवाफमा ”  तपाईं साहुलाई भन्नुस न , हामीले त यहाँको मतदातालाई मात्रै दिने हो ” भन्ने जवाफ पाए ।
रूपचन्द्रले फेरि मोबाइलमा नम्बर थिच्यो र आफ्नो गाउँको माननीयसगँ कुरा गर्यो,
” हामीले खान नपाएको दुई दिन भयो दाइ, दालचामलको बन्दोबस्त गरिदिनु न , कारखानाको साहुले फोनै उठाएन र तपाईंको सहयोग मागेको ! ” भन्दै थियो ।
माननीयले ल केटा अहिले कोरोनाको विगविगि छ, तेरो साहुलाई तैं फोन गर, मलाई नलगा,यो तेरै समस्या हो, आफै मिला । भन्दै फोन काटिदियो ।

मोबाइलमा पैसा सिद्दिएको सुचना आएपछि दुवै ट्वाल परे ।
रूपचन्द्रले मोबाइलमा समय हेर्यो,एघार बजिसकेको रहेछ । दुबैले एकअर्काको मुख हेरे , चुपचाप सुते ।
भोकले भुँडी खाली भएकोले दुबै छट्पटीए,यता फर्के,उता फर्के । आधारातमा कहिँ जाने कुरा भएन ।
उठेर आ आफ्नो झोलामा लगाउने लुगा कोचे र बाहिर निस्के ।
चारैतिर अन्धकार, गल्लीका कुकुरहरूको आक्रमण खेप्दै कोटेश्वर पुगे ।
निकै बेर कुरे ।
लगभग दुई घण्टापछि एउटा सवारीसाधन उनीहरू उभिएको तिरै रोकियो ।
रामानन्द र रूपचन्द्र दुबै दौडिएर त्यो सवारीसाधनतिर लागे ।
एकैछिनमा उनीहरू जस्ता सयौं त्यो सवारी नजिक पुगे ।
रामानन्दले सोध्यो, ” दाइ यो कताबाट आएको हो ? ”
” फर्कन्छ होला नि !”
” आउन त सर्लाहीबाट हो तर यसले मान्छे लादैन ।”  भन्दै थिए
प्रहरीको भेन आइपुग्यो ।
प्रहरीले सोध्दै नसोधी दुइचार लठ्ठी ठोक्यो ।
रामानन्दको टाउको फुटेर रग्ताम्य भयो ।
तर प्रहरीले देखनन् ।
” कोरोनाको महामारीले लकडाउन भएको समाचार सुनिनस् बज्या ! तँलाई मर्न मन रैछ हैन,” भन्दै प्रहरीले भेनमा कोच्यो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments