लकडाउन उल्लंघन गर्नेहरू प्रहरी नियन्त्रणमा

बिहिबार, बैशाख १८, २०७७



नेपालगञ्ज ।  लकडाउन उल्लंघन गर्ने ३७ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएकाे छ । बुधबार लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले नेपालगञ्जबाट ३७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले देशभर लकडाउन लागू गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्जका विभिन्न स्थानहरुमा अनावश्यक रुपमा समूह बनाएर हिँड्डुल गरिरहेका व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई आवश्यक कारबाही गरी छाडिएको छ ।

लकडाउनको उल्लंघन गरी गुडाइएका २१ वटा दुईपाँग्रे गाडीको चाबी समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments