अहिले सम्मको मतगणना अपडेटः एमाले अग्र स्थानमा

शुक्रबार, जेष्ठ ५, २०७४



काठमाडौं । गत आईतवार सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । २ सय ८३ स्थानमा भएको स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रममा अहिले सम्म एमालेले अग्रता कायम गरेको छ ।

जस अन्तरगत नेकपा एमालेले अहिले सम्म ९८ स्थानमा विजयी हासिल गरेको छ भने १५ स्थानमा अग्र स्थानमा रहेका छ । त्यस्तै दोश्रो स्थानमा काँग्रेस रहेको छ । उसले ९२ स्थानमा विजयी हाँसिल गरेको छ भने, १४ स्थानमा अग्रस्थानमा रहेको छ । त्यस्तै तेश्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले ४४ स्थाानमा जित हाँसिल गरेको छ भने, २ स्थानमा अग्रस्थानमा रहेको छ ।

त्यस्तै राप्रपाले एक स्थानमा विजयी हाँसिल गरेको छ । त्यस्तै फोरम र नयाँशक्तिको गठबन्धनले १ स्थानमा विजयी हाँसिल गरेको छ । चार स्थानमा अन्य विजयी भएकाछन् ।

1699 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank