एमालेबाट चित्र बहादुर चलाउने, कांग्रेस र माओवादीले जुरायो एउटै नाम

आइतवार, बैशाख २४, २०७४



सल्यान । धान, मकै, गहुं, जौं, कोदो लगाएतका अन्नवालि राम्रो संग उब्जने सल्यानको ढोरचौर गाउंपालिका समृद्धिको पर्खाइमा रहेको छ । यहां सुन्तला खेती पनि हुने गर्दछ भने माथील्लो भेगमा स्याउ खेती पनि हुने गरेको छ । साथै यस गाउंपालिकामा बाख्रापालन, तरकारि खेती व्यवशाय पनि किसानहरुले अंगालेका छन् ।

१३ हजार ५ सय ९३ जनसंख्या रहेको ढोरचौर गाउंपालिकामा ७ हजार भन्दा धेरै मतदाताहरु रहेका छन् । साविकको बांझकाडा, सिद्धेश्वरि र चांदेकरेञ्जी गाविसलाइ मिलाएर ढोरचौर गाउंपालिका बनाइएको हो । यस गाउंपालिकामा ५ वडा रहेका छन् । ढोरचौर गाउंपालिकामो पूर्वमा वागचौर गाउँपालिका, पश्चिममा वन्गाडकुपिण्डे नगरपालिका, उत्तरमा कुमाखमालिका गाउँपालिका र दक्षिणका शारदा नगरपालिका पर्दछन् । यस गाउंपालिकामा पनि स्थानीय तहको चुनावमा मुख्य तीन दलका विचमा प्रतिष्पर्धा हुंदैछ । रोचक त के छ भने यस पालिकामा तीन वटै दलका उम्मेद्धार चलाउने थरका रहेका छन् । र उनीहरु नातेदार पनि हुन् ।

काग्रेसको तर्फबाट नरविर चलाउने

chalaune

ढोरचौर गाउंपालिकामा स्थानीय तहको निर्वाचनमा नरवीर चलाउने काग्रेसको तर्फबाट अध्यक्ष पदमा लड्दै छन् । मुख्य प्रतिष्पर्धी दल एमाले र माओवादी केन्द्रलाइ पछि पार्दै अध्यक्षमा जित्ने उनको दाउ छ । यसका लागी उनले ढोरचौर गाउंपालिकाको विकासका लागी प्रतिवद्धता पनि जनाएका छन् ।

खासगरि ढोरचौर गाउंपालिकालाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, भौतीक पूर्वाधारहरुको विकास गर्नमा आफु लागी पर्ने उनको प्रतिवद्धता छ । यस्तै ढोरचौरमा हुने गरेको तरकारि खेती र पशुपालनलाइ व्यवस्थीत, व्यवशायीक बनाउने, हरेक वडामा मुख्य रुपमा विजुली बत्ती र स्तरिय मोटरबाटो पु¥याउने चलाउनेको प्रतिवद्धता छ ।

एमालेको तर्फबाट चित्र बहादुर चलाउने

002 CHITRA BA CHALAUNE_UML

सल्यान । नेकपा एमालेको तर्फबाट ढोरचौर गाउंपालिकामा अध्यक्ष पदमा चुनाव लड्न लागेका चित्र बहादुर चलाउनेले पनि यस गाउंपालिकामा आफ्नो जित शुनिश्चीत रहेको जनाए । कृषि, पर्यटनको अत्यन्तै सम्भावना बोकेको ढोरचौर गाउंपालिकाको समृद्धिका लागी गुरु योजना बनाएरै अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् । खास गरि दलित तथा पछाडी पारिएका समुदाय, व्यक्तिलाइ माथी उठाउन विभिन्न कार्यक्रम चलाउने, ज्येष्ट नागरिक, एकल महिला लाइ विशेष सम्मान पुग्ने कार्यक्रम र भत्ताको सुविधालाइ बृद्धि गर्ने चित्र बहादुरले प्रतिवद्धता जनाएका छन् ।

कृषिलाइ आधुकिकिकरणका लागी त्यस अनुसारको कार्यक्रम नै लागु गरेर पकेट क्षेत्र घोषणा गरि जुन क्षेत्रमा जुन उत्पादन हुन्छ त्यसको उत्पादनमा बृद्धि ल्याउन किसानलाइ हरेक सहयोग गरिने उनले प्रतिवद्धता जनाएका छन् । साथै सफा ढोरचौर, सबैलाइ सफा खानेपानी, विजुलि, स्तरिय मोटरबाटो, गुणस्तरिय शिक्षाको व्यवस्था गरिने उनले प्रतिवद्धता जनाएका छन् ।

माओवादी केन्द्रको तर्फबाट नरविर चलाउने

003 narbir chalaune maobadi_dhorchaur

स्थानीय तहको निर्वाचन २०७४ मा माओवादी केन्द्रले पनि काग्रेसको झै एकै नाम गरेका नरविर चलाउनेलाइ ढोरचौर गाउंपालिकाको अध्यक्ष पदमा उम्मेद्धार बनाएको छ । उसो त काग्रेस, एमाले, माओवादी तीनै दलका उम्मेद्धार चलाउने थरका छन् । र साइनोले यी तीनै जना नजीकका पर्छन् । माओवादी केन्द्रबाट अध्यक्ष पदमा चुनाव लड्न लागेका नरविरले गाउंपालिकालाइ विकसित बनाउन थुप्रै प्रतिवद्धताहरु जनाएका छन् ।

कृषिलाई आधुनिकीकरण र व्वसायीकरण,व्यवसायीक तालिम दिई रोगारी सृजना गर्ने, प्रदेश सदरमुकाम, जिल्ला सदरमुकाम तथा छिमेकी गाविस र नगरपालिका जोड्ने मोटरबाटो निर्माण तथा स्तरोन्ति गर्ने चलाउनेले प्रतिवद्धता जनाएका छन् ।
यस्तै गा.पा. भित्र प्रत्येक वडा तथा टोल मा जोड्ने हरित कृषि सडक निर्माण गर्ने तथा यस गाउपालिकामा ६ बर्ष भित्र प्रत्येक घरघरमा बिधुत पुर्याउने उनको प्रतिवद्धता छ ।

१२ कक्षा सम्म निशुल्क तथा गुणस्तरिय शिक्षा प्रदान गर्ने, गाउंपालिकामा १५ शैयाको अस्पताल निर्माण तथा प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरि नागरिकलाइ निःशुल्क उपचार सेवा दिने र कुमाख क्षेत्रलाइ पर्यटकिय गन्तब्य बनाउन कुमाख केवुलकार, भ्युटावर निर्माण गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

2767 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank