“”

झन्डै डेढ हजारले उम्मेदवारी फिर्ता लिए

शुक्रबार, बैशाख २२, २०७४



काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार २०७ जनाको उम्मेवारी परेको थियो ।  निर्वाचन आयोगका अनुसार काठमाडौंमा ५४, ललितपुरका ३५, भक्तपुरमा ३२ काभ्रे २६, सिन्धुपाल्चोकमा ४५, नुवाकोटमा ७२, धादिङमा ५७, रसुवामा २७, सिन्धुलीमा १६, रामेछापमा ३३ दोलखामा ४७, मकवानपुरमा ३६ र चितवनमा ३० जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।

कास्कीमा ३०, मनाङमा १६, स्याङजामा ५९, गोरखामा ३२, लमजुङमा ५६, तनहुँमा ४५, नवलपरासीमा ५५, बागलुङमा ९३, पर्वतमाा ४०, म्याग्दीमा २६, मुस्ताङमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

सल्यानमा २५, रुकुममा ५६, सुर्खेतमा ३९, दैलेखमा ६६, जाजरकोटमा २४, कालीकोटमा १२३, मुगुमा ३०, डोल्पामा ३४, जुम्लामा ६६, हुम्लामा ६१ जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिनेलाई बिहीबार १० बजेसम्म नाम फिर्ता लिने समयसीमा तोकेको थियो ।

420 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank