प्रवेश परीक्षा बिना भर्नाको माग गर्दै ल क्याम्पसमा तालाबन्दी

सोमवार, बैशाख ३०, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । प्रवेश परीक्षा बिना भर्नाको माग गर्दै पाँच विद्यार्थी संगठनले नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका छन् ।

त्रिभुवन विश्व विद्यालय कानून संकाय अन्तरगत केन्द्रिय क्याम्पस नेपाल ल को एलएलबीमा विद्यार्थी भर्ना खुला हुनुपर्ने माग गर्दै संयूक्त रुपमा पाँच विद्यार्थी संगठनले लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

नेपाल ल क्याम्पसले गत चैत्र २९ गते देखि वैशाख २६ गते सम्मका एलएलबी प्रथम वर्षकाे लागि भर्ना आवेदन खुला गरेकाे थियो । कानून जस्तो विषयमा कोटा प्रणाली लागु गरेर विद्यार्थीलाई शिक्षाबाट बञ्चित गरिएको अनेरास्ववियु क्रान्तिकारी ल क्याम्पसका उपाध्यक्ष दिल कुमार बनले जानकारी दिए । विद्यार्थी भर्ना खुला हुनुपर्ने, इन्टान्स विना नै अध्ययन गर्न पाउनु पर्ने माग सहित लेखा शाखामा तालाबन्दी गरेको उपाध्यक्ष बनको भनाई रहेको छ ।

संयुक्त विद्यार्थी संगठनले एक प्रेस विज्ञप्ती जारी गर्दै अघिल्लो वर्षको एलएलबी भर्नाको क्रममा संयुक्त विद्याथीे संगठनका संघर्ष र त्रिविका पदाधिकारी, कानून संकाय,क्याम्पस प्रशासनबीच छलफल भएर फारम भर्ने सम्पूर्ण विद्यार्थीले पढ्न पाउने सहमती भएको स्मरण गराएको छ ।

विद्यार्थी संगठनले पटक पटक मौखिक रुपमा र यहि वैशाख ६ गते लिखित रुपमै राखिएको मागको क्याम्पस प्रशासनले वेवास्ता गरेको आरोप लगाएको छ । संयुक्त विद्यार्थी संगठनले आफ्ना मागको वेवास्था गरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

एलएल बी प्रथम वर्षकाे प्रवेश परिक्षा सम्बन्धी सूचना र संयूक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्ती

nepal

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank