लिभरपुल आगामी सिजनका लागि च्याम्पियन्स लिगमा छनौट

मङ्लबार, फाल्गुन ६, २०७६



एजेन्सी । आगामी सिजनका लागि च्याम्पियन्स लिगमा लिभरपुर छनोट भएको छ । यो सिनमा प्रिक्वाटरफाइनलका खेलहरु शुरु नहुँदै लिभरपुल आगामी सिजनका लागि छनोट हुने पहिलो टिम बनेको हो ।

लिभरपुल प्रिमियर लिगको साबिक विजेता समेत हो । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि प्रिमियर लिगको लिडर लिभरपुल शीर्ष चारमा रहने पक्का भएको हो ।

जर्गेन क्लोपको टिम लिभरपुल पाँचौँ स्थानको टोटनह्याम भन्दा ३६ अंकले अघि रहेको छ । प्रिमियर लिगमा अब १२ खेल मात्र बाँकी रहेकाले लिभरपुल कम्तीमा पनि चौथो स्थानमा रहन सक्छ । यद्यपि लिभरपुल प्रिमियर लिगको उपाधीको नजिक छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments