द्वन्दको घाउ

loading...

बुधबार, मंसिर २२, २०७३

- धर्मिन्द्रा शाह



त्यो कालो औसीको रातमा

कोही आएका थिए

आगनिमा टुप्लुक्क

झस्किएर हजुर आमाले कोहौ भनि सोध्दा

भनेका थिए आएका हौ हामी गस्तीबाट

हामिले रोइकराई बाटो छेक्दा

सोधपुच्छको लागि मात्र भनि लएका थिए आमालाई

त्यो हाम्रो पुरानो वस्तीबाट

सारा धन सम्पती लुटी लग्यौ

भा’को एउटा झुप्रो घर नि जलाई दियौ

साहारा थिइन

एउटी आमा तिनलाई पनि

कता लग्यौ सायद

त्यही आमाको न्याश्रोले होला

मनमा वदलाको भावना जाग्न थालेको छ

हिजो अस्तीबाट

ए कमरेड फिर्ता पठाउ मेरी आमा

बाटो हेर्दै बसिराछु

कित देखाउ दोषको फाइल

आत्मै देखि स्वकार्ने छु

हैन भने देखाउ चिहान

हड्डी हेर्दै मन बुझाउछु

धन सम्पती आमा बुवा सबै गुमाए

तर आखिर खै के पाए ???? त्यो “

10 बर्षे जनयुध्द” नामक सास्तीबाट…..

4992 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom