लिचीले ५४, गर्मीले ७१को ज्यान लियो

आइतवार, असार १, २०७६



बिहार । भारतको बिहार राज्यमा अत्यधिक गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । बिहारको औंरंगाबाद, गया र नवादा जिल्लामा प्रचण्ड गर्मीका कारण उनीहरुको मृत्यु भएको हो ।

औंरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा ‘लू’का कारण मृत्यु भएको हो । बिहार सरकारले  मृत्युको स्पस्ट कारण नबताएता पनि जिल्ला अस्पतालहरुले गर्मीका कारण भएको मृत्युको पुष्टि गरेका छन् ।

राज्यका प्रमुख सचिवले सबै जिल्लामा मृत्यु भएकाको जाँचपछि मात्रै सरकारले तथ्यांक जारी गर्ने जानकारी दिएका छन् ।राज्य सरकारका तर्फबाट मृत्यु भएकाका परिवारलाई चार–चार लाख रुपैयाँ दिने घोषणा गरिएको छ ।

लिची खाँदा ५४ बालबालिकाको मृत्यु, २०३ बिरामी:

यस्तै  बिहारस्थित मुजफ्फरपुर जिल्लामा फैलिएको मस्तिष्क ज्वरोका कारण हालसम्म ५४ जना बालबालिकाको मृत्यु भएको छ । मस्तिष्क ज्वरोको कारण अन्य २ सय ३ जना बिरामी भएका छन् ।

मुजफ्फरपुरका सिभिन सर्जन डा. शैलेश प्रसादले हाइपोप्लाइसिमिया (रगतमा चिनीको मात्रा कमी) र अन्य अज्ञात रोगका कारण ५४ जनाको मृत्यु भएको र २ सय ३ जना बिरामी परेको जानकारी दिएका छन् ।

डेली मेल र द गार्जियनले बिहारमा फैलिएको यो रोगबारे उल्लेख गर्दै लिचीमा पाइने विशालु पदार्थ सेवनका कारण उनीहरुको मृत्यु भएको उल्लेख गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank