भारतले लिपुलेकमा निर्माण गरेको सडक विरुद्ध ओली र प्रचण्डको संयुक्त वक्तव्य

शनिबार, बैशाख २७, २०७७



काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक वक्तव्य जारी गर्दै भारतले नेपाली भूमि लिपुलेकमा गरिरहेको सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गरेका छन् ।

भारतले शुक्रबार लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेको दोस्रो दिन सत्तारुढ दल नेकपाका अध्यक्षद्वयले यस्तो वक्तव्य जारी गरेका हुन् ।

सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा पार्टीका तर्फबाट शनिबार साँझ जारी गरिएको विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाउँदै भनिएको छ, “नेकपा नेपाल र भारत सरकारसँग सम्पूर्ण सीमा समस्याहरु यसअघि गरिएका समझदारी अनुसार  कुटनीतिक पहलमार्फत समाधान गर्न आग्रह गर्दछ । नेकपा उक्त क्षेत्रमा भारतले गरिरहेको सडक निर्माणको कार्य तत्काल रोक्न र उक्त क्षेत्रको समस्या समाधान नभएसम्म कुनै पनि गतिविधि नगर्न आग्रह गर्दछ ।”

दुईदेशवीचको सीमा समस्या समाधानका लागि दुई देशका सरकारवीच भइरहेका प्रयासलाई नेकपाले समर्थन गर्ने बताउँदै यो ससस्या समाधानका लागि दुबै देशका सरकारहरुले तत्काल पहल थाल्नुपर्ने नेकपाले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments